अन्तर्राष्ट्रिय

गाजामा तत्काल राहत सामग्री जान दिन इजरायललाई आईसीजेको आदेश

संयुक्त राष्ट्र सङ्घको उच्च अदालतले गाजामा बिना कुनै अवरोध राहत र मेडिकल सामग्री जान दिन इजरायललाई आदेश दिएको छ।

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले इजरायललाई गाजामा उत्पन्न हुन सक्ने मानवीय संकटलाई ध्यानमा राखी तत्काल बिना कुनै अवरोध राहत र मेडिकल सामग्री जान दिन आदेश दिएको बीबीसीले जनाएको छ।

दक्षिण अफ्रिकाले इजरायलविरुद्ध जनसंहारको आरोप लगाउँदै शीर्ष अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दर्ता गरेको थियो।

गत साता इन्टिग्रेटेड फूड सेक्यूरिटी फेज क्लासिफिकेशन ग्लोबल इनिशिएटिभको एक प्रतिवेदनमा गाजामा करिब २२ लाख मानिस खाद्यान्न र पिउने पानीको समस्याबाट जुझिरहेको उल्लेख गरिएको छ।

यस्तै संयुक्त राष्ट्र सङ्घको पर्यवेक्षकहरूका अनुसार गाजामा हालसम्म युद्धका कारण उत्पन्न संकटबाट २७ बालबालिकासहित ३१ जनाको कुपोषण र डिहाइड्रेशनका कारण मृत्यु भइसकेको छ।

प्रकाशित: १६ चैत्र २०८० १३:३२ शुक्रबार

संयुक्त राष्ट्र सङ्घ उच्च अदालत गाजा मेडिकल सामग्री इजरायल अन्तर्राष्ट्रिय न्यायालय दक्षिण अफ्रिका इन्टरनेशनल कोर्ट अफ जस्टिस