अन्तर्राष्ट्रिय

यात्रुबाहक क्याब दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको जम्मु काश्मिरमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। आज बिहान श्रीनगर-जम्मु नेशनल हाइवेमा यात्रुबाहक क्याब सडकबाट तल खस्दा दुर्घटना भएको हो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार क्याबमा कतिजना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

वर्षाका कारण उद्धार कार्यमा समस्या भइरहेको प्रहरीले बताएको छ। हालसम्म घटनास्थलबाट १० जनाको शव बरामद गरिएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८० ०९:४२ शुक्रबार

भारत जम्मु काश्मिर दुर्घटना हुँदा १० जनाको मृत्यु श्रीनगर-जम्मु नेशनल हाइवे