अन्तर्राष्ट्रिय

रूसी आक्रमण पछि यूक्रेनमा फेरि तनाव, पोल्यान्ड पनि अलर्ट

रूसले फेरि यूक्रेनको राजधानी किभमाथि आक्रमण गरेको छ। रूसी सेनाले किभमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ।

बीबीसीका अनुसार रूसी आक्रमण पछि यूक्रेनदे देशभर अलर्ट जारी गरेको छ। आक्रमण पछि किभका नागरिकहरू मेट्रो स्टेशनतर्फ शरण लागि गएको एक भिडियोमा देख्न सकिन्छ। यूक्रेनमाथि भएको आक्रमण पछि उसको छिमेकी मुलुक पोल्यान्डले पनि आफ्नो सेनालाई तयारी अवस्थामा रहन आदेश दिएको छ।

पोल्यान्डले आफ्नो सीमासँग जोडिएको यूक्रेनी सहर लवीभमाथि रूसी हवाई आक्रमण पछि आफ्नो हवाई क्षेत्रमा पनि निगरानी बढाएको छ।

आक्रमण हालसम्म मानवीय क्षति भए नभएकोबारे जानकारी दिइएको छैन।

प्रकाशित: ११ चैत्र २०८० १२:५४ आइतबार

रूस यूक्रेन किभ रूसी सेना हवाई आक्रमण