अन्तर्राष्ट्रिय

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन

भियतनामको कार्यबाहक राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति भो थि एन्ह जुआनलाई नियुक्त गरिएको छ।

भियतनामका राष्ट्रपति भो भान थुहाङले बुधवार राजीनामा दिएपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो।

भियतनामी राष्ट्रिय सभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ।

नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ।

बैठकले थुओङलाई सन् २०२१÷२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ।

बुधवार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उहाँको राजीनामा स्वीकृत गरेको थियो। रासस

प्रकाशित: ८ चैत्र २०८० ११:४९ बिहीबार

भियतनाम कार्यबाहक राष्ट्रपति उपराष्ट्रपति भो थि एन्ह जुआन