अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला सुरु गरेको छ।  

आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आईनसकेको बताइएको छ। 

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ। 

गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल–शिफालाई यसअघि पनि इजरायली सेनाले निशाना बनाएको थियो।

न्युज एजेन्सी 

प्रकाशित: ६ चैत्र २०८० ११:२८ मंगलबार

इजरायली सेना गाजा शहर अल–शिफा