अन्तर्राष्ट्रिय

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबारबिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको बताइएको छ।

डेमाक विपद् व्यवस्थापन निकायका अनुसार ११ उपजिल्लाका ८९ गाउँ ३० देखि ८० सेन्टिमिटरसम्मको गहिराइमा डुबानमा परेका छन्।

वुलान नदीमा रहेको बाँध भत्किँदा डेमक र छिमेकी जिल्ला कुदुस जोड्ने प्रादेशिक राजमार्गको एक खण्ड अवरुद्ध भएपछि बाढीले डेमकमा झनै गम्भीर संकट निम्तिएको बताइएको छ। वर्षा याममा इण्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू आउने गर्दछन्। 

प्रकाशित: ६ चैत्र २०८० ११:२० मंगलबार

इण्डोनेसिया जाभा प्रान्त बाढी मानिस डेमाक विपद् व्यवस्थापन