अन्तर्राष्ट्रिय

उत्तर कोरियाले रूसलाई पठायो सात हजार कन्टेनर हतियार

दक्षिण कोरियाले युद्धमा होमिएको रूसलाई उत्तर कोरियाले हतियार पठाएको छ।

दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाले करिब सात हजार कन्टेनर हतियार रूस पठाएको दावी गरेका छन्।

युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ।

रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो।

रक्षा मन्त्री सिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कन्टेनर हतियार पठाइएको र यसद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कन्टेनर त्यहाँ पुगेका छन्।’

संयुक्त राज्य अमेरिकाले सन् २०२३ अक्टोबरमा प्योङयाङबाट मस्कोमा हतियार ढुवानी भइरहेको बताएको थियो र उत्तर कोरियाले त्यस समयमा रूसलाई एक हजार भन्दा बढी कन्टेनर सैन्य उपकरण र युद्धसामग्री पठाएको दावी गरेको थियो।

उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो।

गत सेप्टेम्बरमा रूस भ्रमणका क्रममा किमले मस्कोसँगको द्विपक्षीय सम्बन्ध आफ्नो देशको ‘पहिलो प्राथमिकता’ भएको घोषणा गरेका थिए।

यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले रूसी राष्ट्रपति पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकामा बधाई सन्देश पठाएका छन्। रासस

प्रकाशित: ६ चैत्र २०८० १०:१० मंगलबार

दक्षिण कोरिया युद्ध रुस उत्तर कोरिया सात हजार कन्टेनर हतियार