अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

अफ्रीकामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ। रबरको डुङ्गामा सवार प्रवासीहरू भू-मध्य सागर तरेर युरोप जाँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो।

बीबीसीका अनुसार डुङ्गामा सवारमध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका प्रवासीहरूका अनुसार लिबियाको उत्तरी तटस्थित जाम्बियाबाट गत शुक्रवार युरोपका लागि हिँडेका थिए। तर, यात्राको तेस्रो दिनमा उक्त डुङ्गाको इन्जिन फेल भएपछि दुर्घटना भएको बताइएको छ।

उद्धारकर्ता संंस्था एसओएस मेडिटेरेनियनका अनुसार डुङ्गामा २ सयभन्दा बढी प्रवासी सवार थिए। अन्य सबैको उद्धार गरेर अस्पताल पठाइएको छ।

प्रकाशित: २ चैत्र २०८० ११:२८ शुक्रबार

अफ्रीका डुङ्गा दुर्घटना ६० जनाको मृत्यु प्रवासी भूमध्य सागर