अन्तर्राष्ट्रिय

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा नियुक्त

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा नियुक्त भएका छन्। लामो समयसम्म राष्ट्रपति महमूद अब्बासको आर्थिक सलाहकारको रुपमा काम गरेको मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरिएको बीबीसीले जनाएको छ।

२६ फेब्रुअरीमा मोहम्मद सातायेहले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको पद रिक्त थियो।

२०१४ मा गाजामाथि इजराइलले आक्रमण गरेपछि त्यसको पुनर्निर्माणमा मुस्तफाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

गाजामा युद्ध अन्त्य भएपछि हमासको साटो त्यहाँ प्यालेस्टिनी प्राधिकरणले सत्ता सम्हालोस् भन्ने अमेरिकी योजना छ। अमेरिकाको उक्त योजनाप्रति इजराइलले भने विरोध जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App