अन्तर्राष्ट्रिय

माल्दिभ्सबाट फिर्ता भए भारतीय सैनिक

माल्दिभ्समा रहेका भारतीय सैनिक स्वदेश फिर्ता भएका छन्। दुई मुलुकबीच बढेको तनावका बीच भारतीय सैनिक भारत फिर्ता भएका हुन्।

माल्दिभ्समा चीन निकट मानिने मोहम्मद मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सेनालाई फिर्ता जान भनेका थिए।

८० जना भारतीय सेना माल्दिभ्समा खटिएका थिए। ती मध्ये २५ जना १० मार्चमै भारत फर्केका थिए भने बाँकी सेना बुधवार फर्केका छन्।

चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले माल्दिभ्स सरकारले भारतीय सेनालाई फिर्ता गरिदिएको पुष्टि गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले माल्दिभ्स सरकारले भारतीय सेनालाई फिर्ता पठाउने गरेको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १ चैत्र २०८० १४:०२ बिहीबार

माल्दिभ्स भारतीय सैनिक स्वदेश फिर्ता चीन निकट मोहम्मद मुइज्जु