अन्तर्राष्ट्रिय

पाकिस्तानका राष्ट्रपति र गृहमन्त्रीले आफ्नो कार्यकालभरी तलब नलिने

पाकिस्तानका नव निर्वाचित राष्ट्रपति आशिफ अली जरदारीले आफ्नो कार्यकालमा तलब नलिने घोषणा गरेका छन्।

आफ्नो इतिहासमा हालसम्मकै ठूलो आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका १४ औँ राष्ट्रपतिमा निर्वाचित भएका जरदारीले मुलुकको अवस्थालाई ध्यानमा राखी तलब नलिने घोषणा गरेका हुन्।

समाचार संस्था पीटीआईका अनुसार राष्ट्रपति जरदारीले मङ्गलवार सो घोषणा गरेका हुन्।

पाकिस्तानको आर्थिक संकट र महँगीको मारमा परेका नागरिकलाई भोग्नु परिरहेको वित्तिय समस्यालाई ध्यानमा राखी आफूले यो कदम उठाएको उनको भनाइ छ।

राष्ट्रपति जरदारीको उक्त निर्णयलाई मनन् गर्दै पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि तलब नलिने घोषणा गरेका हुन्।

उनले पाकिस्तानको आर्थिक चुनौतीलाई ध्यानमा राखी आफूले तलब नलिने बताएका हुन्।

प्रकाशित: ३० फाल्गुन २०८० ०९:४६ बुधबार

पाकिस्तान राष्ट्रपति आशिफ अली जरदारी आशिफ अली जरदारी तलब नलिने ठूलो आर्थिक संकट महँगी मोहसिन नकवी