अन्तर्राष्ट्रिय

सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

भारतको मध्य प्रदेश राज्यमा भएको सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच महिलासहित १५ जना रहेका छन्। दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ।

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।  

घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ।  

घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। रासस

प्रकाशित: १७ फाल्गुन २०८० १३:४४ बिहीबार

भारत मध्य प्रदेश सवारी दुर्घटना १५ जनाको मृत्यु