अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३० हजार नजिक

इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार गत २४ घन्टामा इजरायली आक्रमणमा परी थप ३० जना प्यालेस्टिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ५ सय ८४ पुगेको छ।

गाजाको खान युनिस, बुरेज र नुशेरतमा इजरायली सेनाले आक्रमण गरेको हो।

मन्त्रालयका अनुसार आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएका छन्। इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार नाघिसकेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ।

प्रकाशित: १७ फाल्गुन २०८० ११:५८ बिहीबार

इजरायली सेना गाजा प्यालेस्टिनी नागरिक इजरायली आक्रमण गाजा इजरायल डिफेन्स फोर्स