अन्तर्राष्ट्रिय

रुससँगको युद्धमा ३१ हजार यूक्रेनी सेना मारिए

यूक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग जारी युद्धमा ३१ हजार यूक्रेनी सेना मारिएको बताएका छन्।

रुससँग जारी युद्धको दोस्रो वर्ष पूरा भएको अवसरमा राजधानी किएभमा पत्रकार सम्मेलनको क्रममा उनले पहिलो पटक युद्धमा मारिएका आफ्ना सेनाको बारेमा औपचारिक रुपमा जानकारी दिएका हुन्।

यसअघि २०२२ को डिसेम्बरमा जेलेन्स्कीका एकजना सल्लाहकारले १३ हजार सेना मारिएको बताएका थिए।

सन् २०२१ को फेब्रुअरी २४ मा रुसले पहिलोपटक यूक्रेनमाथि आक्रमण सुरु गरेको थियो। जुन युद्ध अझैपनि जारी छ।

युद्ध सुरु भएदेखि हालसम्म १५ देखि १७ हजार सेना मारिएको अमेरिकी इन्टेलिजेन्स एजेन्सी पेन्टागनले बताएको छ।

प्रकाशित: १४ फाल्गुन २०८० ०८:५९ सोमबार

भ्लोदोमिर जेलेन्स्की युद्ध किएभ सेना आक्रमण