अन्तर्राष्ट्रिय

अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

सान डियागो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गरेका छन्। अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले स्पष्ट गरेका छन्।

सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गरेको सम्बोधनका क्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ। 

उनले भने– अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो हवाई र जमिनजस्तै। 

हामीसँग हवाई सैन्य बल छ अब अन्तरिक्ष सेना हुन्छ– उनले भने। उनले अमेरिकालाई अब नयाँ खालको सैन्य बलको आवश्यकता रहेकोले यो सैन्य बलको स्थापना गर्नुपर्ने बताए। 

अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ उनले भने। राष्ट्रपति ट्रम्पले जमिन, हावाई क्षेत्रमा त अमेरिकाले नेतृत्व गरेकै छ अब अन्तरिक्षमा पनि विश्वको नेतृत्व गर्ने बताए। 

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने– मैले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकासगर्ने कुरा गर्दैछु। 

प्रकाशित: ३० फाल्गुन २०७४ १६:०३ बुधबार