अन्तर्राष्ट्रिय

मध्य गाजामा विस्फोटः ४० को मृत्यु, १०० घाइते

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। गाजामा हमासद्वारा सञ्चालित  मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार  इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ।

इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुरर्‍याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो।    चिकित्सा स्रोतका अनुसार अल–अक्सा शहीद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ। रासस

प्रकाशित: ११ फाल्गुन २०८० १४:१२ शुक्रबार

गाजापट्टी हवाई आक्रमण प्यालेस्टिनी १०० जना घाइते इजरायली