अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिद्वारा यूक्रेनलाई ६० अर्ब डलरको सैन्य सहयोग गर्ने प्रतिवद्धता

अमेरिकी राष्ट्रपति जो बाइडनले यूक्रेनलाई थप ६० अर्ब डलरको सैन्य सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति बाइडनले यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई थप ६० अर्ब डलरको सैन्य सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ।

बाइडनले दिने उक्त सहयोगबारे भने अमेरिकी काँग्रेसले अनुमति दिन भने बाँकी छ।

यूक्रेनको आवदीव्काबाट यूक्रेनी सेना पछि हटेको विषयमा बाइडनले अमेरिकाी काँग्रेसको समर्थन प्राप्त नहुनुलाई मुख्य कारण मानेको छ।

शनिवार यूक्रेनले रूसको कब्जामा रहेको दोनेत्स्कसँग नजिक रहेको आवदीव्का सहरबाट आफ्नो सेना फिर्ता बोलाइसकेको छ। आफ्ना सेनासँग हतियार र गोलिबारुदको अभाव भएका कारण आवदीव्काबाट पछि हट्नु परेको यूक्रेनले बताएको छ। 

प्रकाशित: ७ फाल्गुन २०८० ०६:४९ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडन यूक्रेन ६० अर्ब डलर सैन्य सहायता