अन्तर्राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका थप २ जना इजरायली रिहा

इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना २ जना बन्धकलाई रिहा गराएको छ। बीबीसीका अनुसार दक्षिणी गाजामा छापामारीको क्रममा रफाह क्षेत्रमा बन्धन बनाइएका २ जना इजरायली बन्धकलाई रिहा गराएको हो।

इजरायली सेनाका अनुसार रिहा गराइएका दुबैजना बन्धक राम्रो स्थितिमा रहेको र मेडिकल जाँचका लागि अस्पताल पठाइएको छ।

यसअघि प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले रफाहमा आक्रमण जारी रहेको र दर्जनौँ मानिसको मृत्यु भएको बताएको थियो।

इजरायलले पनि दक्षिणी गाजामा आक्रमण जारी राखेको बताएको थियो।

प्रकाशित: २९ माघ २०८० ११:४४ सोमबार

इजरायल हमास २ जना बन्धक मेडिकल जाँच