अन्तर्राष्ट्रिय

‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन्। हाल राज्यमा जम्मा ४९ जनामा ‘मङ्की फिवर’ को सङ्क्रमण देखिएको बताइएको छ।

यो एक प्रकारको  भाइरल हेमोरेजिक रोग हो। जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो। रासस

प्रकाशित: २३ माघ २०८० १२:५९ मंगलबार

भारत कर्नाटक मङ्की फिवर २ जनाको मृत्यु