अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ।

बीबीसीका अनुसार पूर्व प्रधानमन्त्री खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि १४ भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको हो।

अदालतको निर्णय पछि खानकी पत्नि बुशरा बीबीले आत्मसमर्पण गरेकी छिन्।

सन् २०२२ मा इमरान खानलाई विपक्षी दलले अपदस्थ गरेर प्रधानमन्त्री पदबाट हटाइदिएको थियो।

खान अहिले पनि जेल मै छन्। भ्रष्टाचार मुद्दामै उनले ३ वर्षको जेल सजाय भोगिसकेका छन्।

खानलाई मङ्गलवार मात्रै राष्ट्रिय सुरक्षासँग सम्बन्धित मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो। महत्त्वपूर्ण सूचना आफ्नो स्वार्थका लागि सार्वजनिक गरेपछि इस्लामावाद अदालतले खान र उनका सहयोगी शाह महमुद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाइएको हो।

प्रकाशित: १७ माघ २०८० ०७:५२ बुधबार

पाकिस्तान पूर्व प्रधानमन्त्री इमरान खान भ्रष्टाचार १४ वर्षको जेल सजाय