अन्तर्राष्ट्रिय

किमसँग भेटवार्ताका लागि ट्रम्प तयार

 न्यूयोर्क – उत्तर कोरियाली नेता किम जोग उनसँग भेटवार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले आफु तयार रहेको बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यू योङसँगको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफु उत्तर कोरियाली नेता किम जोग उन सँग भेटवार्ताका लागि तयार रहेको बताएका हुन्।उत्तर कोरियाले परमाणु हतियार परीक्षण कार्यक्रम रोक्ने बताएपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार भएका हुन्। आगामी मे महिनासम्म किम र ट्रम्पबीच भेटवार्ता भइसक्नेछ ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०६:२३ शुक्रबार