अन्तर्राष्ट्रिय

नामको हत्यामा रसायन प्रयोग भएकाे अमेरिकाको दाबी

तस्विर : एजेन्सी

न्यूयोर्क – उत्तर कोरियाली नेता किम जोंग उनका सौतेनी दाजु किम जाेंग नामको हत्यामा ‘बीएक्स नर्भ एजेन्ट ’नामक रसायनको प्रयोग भएको अमेरिकाले दाबी गरेको छ।

नामको सन् २०१७ फेब्रुअरी १३ मा मलेसियाको क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो।हत्या अभियोगमा मलेसिया प्रहरीले दुई महिलाहरूलाई पक्राउ गरिसकेकाे छ।नामको हत्या उत्तर कोरियाको निर्दैशनमा भएको अमेरिकाले दाबी गरेको छ । नामको हत्यामा रसायन प्रयोग भएको पत्ता लागे पश्चात् उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने अमेरिकाले बताएको छ। अमेरिकी विदेश मन्त्रालयले कस्तो प्रतिबन्ध लगाइने भन्ने सार्वजनिक गरिसकेको छैन।

 

प्रकाशित: २४ फाल्गुन २०७४ ०६:४० बिहीबार