अन्तर्राष्ट्रिय

पोर्नस्टारद्वारा ट्रम्पविरुद्ध मुद्दा दायर

लस एन्जलस – पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो अफेयर रहेको कुरा स्वीकार गर्दै उनीबिरुद्ध मुद्दा दायर गरेकी छन्। लस एन्जलस काउन्टी सुपिरियर कोर्टमा दायर मुद्दामा उनले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको उल्लेख गरेकी छन्। उनले उक्त क्रम सन् २००७ सम्म चलेको उल्लेख गरेकी छन्। 

स्टेफिनीले ट्रम्प र आफूबीच कुनै सम्झौता नभएको बताउँदै उक्त घटना सार्वजनिक हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेकी हुन्। 
स्टेफिनीले ट्रम्पसँगको यौंन सम्बन्धको घटनालाई राष्ट्रपतिको चुनावअघि नै बाहिर ल्याउन खोजेपनि ट्रम्प र उनका वकिल माइकल कोहेनले घटना बाहिर नल्याउन धम्की दिएको दाबी गरेकी छन्। 

अमेरिकी चुनावका बेला पनि स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा चलेको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो। त्यो समयमा उनी बोल्न मानेकी थिइनन्।

ट्रम्पले उनलाई नेवादा रिसोर्टमा जुलाई २००६ मा ‘सेलिब्रेटी गल्फ टुर्नामेन्ट’का क्रममा बोलाएका बताइएको छ। स्टेफिनी होटलमा पुग्दा ट्रम्प टेलिभिजन हेरिरहेका थिए। उनी त्यहाँ पुगेपछि दुबैले एकसाथ डिनर गरेको र त्यसपछि शारीरिक सम्बन्ध राखेको स्टेफिनीको दाबी छ। यो समयमा ट्रम्पकी पत्नी मेलानिया ६ महिने गर्भवती थिइन्।

प्रकाशित: २३ फाल्गुन २०७४ १५:०३ बुधबार

पोर्नस्टारद्वारा ट्रम्पविरुद्ध मुद्दा दायर