अन्तर्राष्ट्रिय

डेनमार्कलाई अमान्य एडप्सन!

यस्ताे पनि!

अन्य देशका बालबालिकालाई अपनाउने वा कोख लिने (एडप्सन) क्रममा व्यापक अनियमितता भएको भन्दै डेनमार्क इन्टरनेसनल एडप्सन एजेन्सीले कार्यालय नै बन्द गर्ने भएको छ।

अब डेनिसहरूले विदेशी बालबालिका अपनाउने छैनन्। हाललाई दुई वर्ष यो कार्य बन्द हुनेछ र यसको प्रभाव अध्ययन गरिने बताइएको छ। हालै गरिएको सर्भेमा सबैभन्दा सजिलो कोख लिने देश आफ्नै रहेको देखिएपछि विदेशबाट लिइने कोख झन्झटिलो मान्दै यस्तो सेवा बन्द गरिने बताइएको हो।

कोख लिइएका बालबालिकाहरूको तस्करी हुने, उनीहरूको स्वास्थ्य लगायतका महत्वपूर्ण सूचना कम पाइने हुनाले कोख लिने प्रक्रिया महँगो हुने गरेको छ। बरु त्यसको साटो अमेरिकाको फोस्टर केयर प्रणाली कयौँ कमजोरीका बाबजुद तुलनात्मक रूपमा राम्रो रहेको प्रतिक्रिया डेनिसहरूले दिएका छन्।

कोख लिन सबैभन्दा सजिलो मुलुकमा भारत, कजाकस्तान, हाइटी, चीन, थाइल्याण्ड, कोलम्बिया, मलावी, ताइवान, दक्षिण कोरिया, बहामास, युक्रेन, फिलिपिन्स, बुल्गेरिया, हङकङ, युगान्डा, होन्डुरस, घाना, बुरुन्डी र इथियोपिया रहेका छन्।

पछिल्लो समय भारतमा पनि निकै कम कोख लिन थालिएको छ। सन् २०२२ को एउटा तथ्यांक अनुसार, भारतमा करिब तीन करोड बालबालिका अभिभावकविहीन छन्। तीमध्ये वार्षिक तीनदेखि चार हजारलाई कोख लिने गरिएको छ। भारतमा कोख लिने प्रक्रिया निकै जटिल छ।

सन् २०२२ को जुलाई सम्मको तथ्यांक हेर्ने हो भने त्यहाँ १६ हजारभन्दा बढी भारतीय परिवारले नै कोख लिने प्रक्रिया पूरा गर्न प्रतीक्षा गरिरहेका थिए।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १२ माघ २०८० ०६:२९ शुक्रबार

यस्ताे पनि! डेनमार्कलाई अमान्य एडप्सन