अन्तर्राष्ट्रिय

भारतको ७५ औँ गणतन्त्र दिवस आज

भारतमा आज ७५ औँ गणतन्त्र दिवस मनाइँदै छ। ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ नारा दिएर यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइँदै छ।  

गणतन्त्र दिवसको अवसरमा भारतले मुख्य अतिथिको रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ।  

गणतन्त्र दिवसको परेड अहिले बिहान १०ः३० बजेदेखि सुरु हुने र कर्तव्य पथसम्म जानेछ। गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जसका लागि १४ हजार सुरक्षाकर्मी परिचालित छन्।

प्रकाशित: १२ माघ २०८० ०२:४२ शुक्रबार

भारत ७५ औँ गणतन्त्र गणतन्त्र दिवस विकसित भारत फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रो