अन्तर्राष्ट्रिय

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

दमासकास – संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन्। 

गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार राष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभावमा नागरिक निकै मर्कामा परेका छन्। 

उनीहरुका अनुसार यसरी समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनका लागि सेनाले पनि कुनै पहल गरेको थिएन। उल्टै उक्त हमलाका कारण यस्तो सहयोग सामाग्री पनि पु¥याउन नसकिएको बताउँदै आइएको थियो। 

राष्ट्रसंघीय सहायता कार्यक्रमका एकजना अधिकारीकाअनुसार गएको कम्तीमा हप्तादिनयता सो क्षेत्रमा कोही पनि जान नसकेकोले नागरिक खान नपाएर मरिरहेको बताइएको थियो। ती अधिकारीले सोमबार दिएको जानकारीअनुसार यस्तो सहयोग सामाग्री बोकेका २४ वटा ट्रक सोमबार नै पूर्वी गुटाको डुआमा जिल्लामा पुगेको छ। 

रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो। 

मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताए। उनीहरु आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन्। 

गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन्। उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ। उनीहरुले सुरक्षित शिविरहरु खोजेका बताइएको छ। 

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ। गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो। 

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा हालै गुटामा भएको हिंसालाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ। 

पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिकासहित ६०० भन्दा बढी नागरिक मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। 

प्रकाशित: २१ फाल्गुन २०७४ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App