अन्तर्राष्ट्रिय

राजकुमार विलियम प्यालेस्टाइन जाने

लन्डन– बेलायती राजकुमार विलियम यस वर्षको ग्रीष्ममा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमणमा जाने तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ।

दरबारले दिएको जानकारीअनुसार राजकुमार विलियम प्यालेटाइन तथा इजरायलको औपचारिक भ्रमण गर्ने बेलायती राजपरिवारका पहिलो उच्च अधिकारी हुन्।‘बेलायती सरकारको अनुरोधमा हुने राजकुमार विलियमको भ्रमण इजरायली, जोर्डनी तथा प्यालेष्टिनी अधिकारीद्वारा अनुमोदन भइसकेको छ,’ दरबारद्वारा जारी विजप्तिमा उल्लेख छ । यसअघि बेलायती राजपरिवारका कुनै पनि सदस्यले प्यालेष्टिनी क्षेत्रको औपचारिक भ्रमण गरेका छैनन्।

राजकुमार विलियमको यो पहिलो औपचारिक इजरायल भ्रमण हो । यसअघि बेलायती महारानीका भतिज डुक अफ केन्ट तथा डुक अफ ग्लाउसेस्टरले उक्त मुलुकका भ्रमण गरिसकेको छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘भ्रमण ऐतिहासिक’ भएको बताउँदै सो भ्रमणको स्वागत गर्नुभएको छ ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:२१ शुक्रबार

राजकुमार विलियम प्यालेस्टाइन जाने