अन्तर्राष्ट्रिय

सिरियालाई उत्तर कोरियाको सहयोग

तस्विर :बिबिसी

 न्यूयोर्क – उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार उपलब्ध गराउनमा सहयोग गरेको खुलासा भएको छ।

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्र गुटामा आक्रमणका लागि प्रयोग गरेको रासायनिक हातहतियार उत्तर कोरियाले निर्यात गरेको अमेरिकाले दाबी गरेको छ।आक्रमणमा सिरियाली सेनाले प्रयोग गरेको हातहतियार उत्तर कोरियाली हतियारसँग मेल खाएको एक अनुसन्धानबाट पत्ता लागेको हो।

सिरिया सरकारले गरेको रासायनिक आक्रमणमा क्लोरिन ग्यासको प्रयोग हुने गरेको छ। जुन उत्तर कोरियाली हतियारमा प्रयोग हुने गरेको रसायनसँग मेल खाएको छ। सिरियाली सरकारले रासायनिक हतियारको माग पुरा गरेबापत उत्तर कोरियालाई मोटो रकम तिर्दै आइरहेको छ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०३:५२ बुधबार

सिरियालाई उत्तर कोरियाको