अन्तर्राष्ट्रिय

भूकम्पमा परी पपुवा न्युगिनीमा ३१ को मृत्यु

जाकार्ता – पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ। सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ।

सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो। यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ।

भूकम्प शक्तिशाली रहेकोले ठूलो क्षति भएको अनुमान हिजो नै गरिएको थियो। सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुले जनाएका छन्।

यस भूकम्पको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन। यस भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार स्थानीय अधिकारीहरुले दिएका छन्। तर त्यसमा भौतिक सम्पत्तीमा भएको क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको स्नाथीय समाचारपत्रले जानकारी दिएको छ।

भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको बढीको मृत्यु भएको जनाइएको छ। उद्धारकर्मीहरुले यो भन्दा बढी मानिस मारिएको अनुमान गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७४ ०९:०९ मंगलबार

भूकम्पमा परी पपुवा न्युगिनीमा ३१ को मृत्यु