अन्तर्राष्ट्रिय

पिकनिक मनाउन गएको बेला डुङ्गा डुब्दा १४ जनाको मृत्यु

भारतको गुजरात राज्यमा डुङ्गा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुजरातको वडोदरास्थित एक नदीमा विद्यार्थी सवार डुङ्गा डुब्दा १२ जना बालबालिकासहित १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

पिकनिक मनाउन गएको बेला बोटिङ्ग गर्ने बेलामा डुङ्गा दुर्घटनामा परेको बताइएको छ। डुङ्गामा क्षमताभन्दा बढी यात्रु रहेको तथा विद्यार्थीहरूलाई लाइफ ज्याकेट पनि राम्रोसँग नलगाइएका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटना पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन्।

प्रकाशित: ५ माघ २०८० ०३:२९ शुक्रबार

भारत गुजरात डुङ्गा दुर्घटना १४ जनाको मृत्यु विद्यार्थी सवार डुङ्गा