अन्तर्राष्ट्रिय

सिरियामा युद्धविराम गर्न रूस तयार

मस्को – रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्। 

सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उहाँले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सवै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ। 
रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका सर्तहरू पालना गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: १४ फाल्गुन २०७४ १५:१२ सोमबार

सिरियामा युद्धविराम गर्न रूस तयार