अन्तर्राष्ट्रिय

ताइवानको नयाँ राष्ट्रपतिमा विलियम निर्वाचित

ताइवानको नयाँ राष्ट्रपतिमा सत्तारूढ पार्टी डेमोक्रेटिक पीपुल्स पार्टी (डीपीपी) का विलियम लाईले जित हासिल गरेका छन्। लाई वर्तमानमा ताइवानका उपराष्ट्रपति हुन्।  

बीबीसीका अनुसार शनिवार भएको निर्वाचनमा लाईले ५० लाख मत प्राप्त गरेका छन्।

चुनावमा ताइवान पीपुल्स पार्टीका राष्ट्रपतिका उम्मेदवार वेन–जे ले हार मानिसकेका छन्। चुनावमा संसदको ११३ सिटका लागि पनि मतदान भएको थियो।

चीन विरोधी नेताको रुपमा चिनिने लाईले चुनाव जिते लगतै भने, ‘ताइवानलाई चीनको चेतावनीबाट जोगाउन कुनै कसर बाँकी राख्दिन।’

प्रकाशित: २९ पुस २०८० ०१:३७ आइतबार

ताइवान राष्ट्रपति डेमोक्रेटिक पीपुल्स पार्टी विलियम लाई उपराष्ट्रपति