अन्तर्राष्ट्रिय

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य

इस्लामावाद – पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ। 

सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग - नवाज (पीएमएल-एन)को अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ। 

स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेन्चको नेतृत्व पाकिस्तानका प्रधान न्यायाधीश मेन साक्विब निसारले गरेका हुन्।

जेलमा राखिएका कुनै पनि व्यक्तिले कुनै पनि आधिकारिक दस्तावेजहरुमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रुपमा औपचारिक रुपमा कुनै पनि निर्णय गर्न र अध्यक्षका रुपमा काम गरिरहन नमिल्ने प्रधान न्यायाधीश निसारले तर्क गरेका छन्। 

यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको छ। पुनरावेदन अदालतको निर्णयले आउँदो मार्च ३ मा हुने पाकिस्तानी सिनेटको निर्वाचनलाई पनि प्रभावित पार्ने बताइएको छ। 

प्रकाशित: ९ फाल्गुन २०७४ १६:१८ बुधबार

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य