अन्तर्राष्ट्रिय

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

नयाँदिल्ली – दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। 

भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। चीन बोर्डरमा लगातार आक्रामक बनेको भन्दै उनले यो अवस्था भारतका लागि खतरा हुने बताएको समाचार संस्था एएनआईले जनाएको छ। 

जुन तरिकाबाट सिलीगुडी करिडोर र सीमाको वास्तविक नियन्त्रण रेखामा झडप बढिरहेको छ, त्यसबाट पीपुल्स लिबरेशन आर्मी लगातार सीमामा अतिक्रमण गरिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन्। साथै उनले आफ्नो नौसेनालाई चिनियाँ नौसेनामाथि निगरानी गर्नका लागि ८ जंगी जहाज तैनाथ गरेका छन्। 

यता स्थल सेनाध्यक्ष विपिन रावतले भने दोक्लमका विषयमा बोर्डरमा सबै अवस्था ठिक रहेको भन्दै चिन्ता लिन नपर्ने भनेका छन्।  

प्रकाशित: ९ फाल्गुन २०७४ १४:१२ बुधबार

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता