अन्तर्राष्ट्रिय

ट्रम्पपुत्र भारतमा

 नयाँदिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर एक साता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

 भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा सहभागी हुन ट्रम्प जुनियर भारत आएको बताइएको छ । भारतमा रहँदा उनले भारतका विभिन्न सहरहरुको भ्रमण गर्ने र राजधानी दिल्ली नजिकै बनिरहको ट्रम्प टावरको प्रमोसनसमेत गर्ने छन् ।

 भारतमा रहँदा राष्ट्रपति ट्रम्प पुत्रले रियल स्टेटको कारोबारसम्बन्धी दुई वटा परियोजना सुरु गर्ने बताइएको छ ।भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई र पुणेका भारतीय लगानीकर्ता र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्ने तालिका पनि सार्वजनिक गरिएको छ । ‘अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उनलाई त्यही अनुसारको व्यवहार गरेको छ,’ एक भारतका एक अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:३२ बुधबार

ट्रम्पपुत्र भारतमा