अन्तर्राष्ट्रिय

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना, झण्डै ३ लाख तिर्नुपर्ने

नयाँदिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई झण्डै ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

मोदीको विदेश भ्रमणका क्रममा भारतीय वायुसेनाको विमानको ‘रुट नेविगेशन (आवतजावत) शुल्क भन्दै पाकिस्तानले भारतसँग २.८६ लाख रुपैयाँको विल पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मोदीले सन् २०१५ मा पाकिस्तानको आकस्मिक रुपमा ४ घण्टे भ्रमण गरेका थिए। रुसबाट अफगानिस्तान हुँदै मोदी वायुसेनाको विमानबाट लाहोरमा ओर्लिएका थिए। दुई देशबीचको सम्बन्ध सुधार्ने उद्देश्यसहित उनले तत्कालिन प्रधानमन्त्री नवाज शरिफसँग भेट गरी फर्किएका थिए।

यही भ्रमणका बेला भारतीय वायु सेनाको विमानले पाकिस्तान रुट प्रयोग गरेको भन्दै पाकिस्तानी अधिकारीले हवाई आकाश प्रयोग गरेको शूल्क स्वरुप मोदीलाई जरिवाना गरेका हुन्।

भारत र पाकिस्तानबीच सिधा हवाई उडान सञ्चालनमा छैन्। पाकिस्तानको हवाई रुट प्रयोग गर्न शूल्क तिर्नुपर्छ।

प्रकाशित: ८ फाल्गुन २०७४ १२:३८ मंगलबार

मोदीलाई पाकिस्तानले गर्यो जरिवाना झण्डै तिर्नुपर्ने