दमाकस – सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी सिरियाको राजधानी दमाकस नजिकैको गुटा शहरमा २० बालबालिका सहित ७७ जनाको मृत्यु भएको छ । आक्रमण अन्य ३ घाइते छन् ।
सिरियाली सेनाले विद्रोहीलाई लक्षित गरी हवाई तथा रकेट आक्रमण गरेको बताएको छ । सिरियामा कार्यरत्त मानव अधिकारवादी संस्थाहरूले उक्त घटनाले मानव अधिकारको गभ्भीर उल्लंघन गरेको बताएका छन् ।
सिरियाको राजधानी नजिकै रहेको गुटा शहर सन् २०१३ देखि नै विद्रोहीको नियन्त्रणमा रही आएको छ ।
सिरियाली सेना उक्त शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउने प्रयासमा लागेकोले बेलाबेला सिरियामा विद्रोही लक्षित आक्रमण हुने गरेको छ जसको शिकार सर्वसाधारण नागरिक तथा बालबालिकाहरू समेत हुने गरेका छन् ।
प्रकाशित: ८ फाल्गुन २०७४ ०४:०४ मंगलबार