अन्तर्राष्ट्रिय

कुकुर मारे जेल, मासु बिक्रिवितरणमा प्रतिबन्ध

दक्षिण कोरियामा कुकुरको हत्या र उसको मासु बिक्रिवितरणमा रोक लगाउने तयारी भएको छ। दक्षिण कोरियाली सरकारले नयाँ कानून बनाएर सन् २०२७ सम्म कुकुरलाई मार्ने र उसको मासु बिक्रिवितरण गर्न रोक लगाइने लक्ष्य राखेको छ।

विगत केही दशकदेखि कुकुरको मासु मान्छेले मन पराउन छाडेको हुँदा दक्षिण कोरियाली सरकारले सदियौँदेखि चलिआएको उक्त परम्परालाई नै बन्द गर्न लागेको हो।

बीबीसीका अनुसार नयाँ कानून अनुसार कुकुरलाई मासुका लागि पाल्ने र त्यसको हत्या गर्ने क्रम बन्द हुनेछ। साथै कुकुरको मासु बेच्ने र वितरण गर्ने परम्परा पनि अन्त्य हुनेछ।

कानूनको उल्लङ्घन गरेको पाइएमा जेल सजायसम्म हुन सक्ने व्यवस्था सरकारले गरेको छ। साथै मासुको प्रयोजनका लागि कसैले कुकुर पालेको पाइएमा त्यस्तालाई २ वर्षको जेल सजाय हुन सक्ने छ।

दक्षिण कोरियाली सरकारका अनुसार सन् २०२३ मा दक्षिण कोरियामा १६ सय कुकुरको मासुको रेस्टुरेनट र ११५० कुकुर फारम रहेको पाइयो।

प्रकाशित: २५ पुस २०८० ०३:२० बुधबार

दक्षिण कोरिया कुकुर मासु मासु बिक्रिवितरण कानून