अन्तर्राष्ट्रिय

विद्यालयमा गोली चल्दा १७ को मृत्यु

तस्विर : एजेन्सी

फ्लोरिडा – अमेरिकाको फ्लोरिडास्थित पार्कल्याण्डको  विद्यालयमा एक युवकले अन्धाधुन्ध रूपमा गोली चलाँउदा १७ जनाको मृत्यु भएको छ।

निकोलस क्रुज नामक १९ वर्षका ती युवक उक्त विद्यालयका पूर्व विद्यार्थी रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले खुलाएका छन् । गोली प्रहार भएको करिब एक घण्टा पश्चात् प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ट्वीटरमा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै मृत्तकहरूप्रति समवेदना व्यक्त गर्दै ट्वीट गरेका छन् ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:२७ बिहीबार

विद्यालयमा गोली चल्दा १७ को मृत्यु