अन्तर्राष्ट्रिय

भारतमा भूकम्पको धक्का

दिल्ली – भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ। 

भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको समाचार संस्था एएनआईले जनाएको छ।

भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर प्राप्त भएको छैन। अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी १४ मा पनि ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रकाशित: १ फाल्गुन २०७४ १०:२६ मंगलबार

भारतमा भूकम्पको धक्का