अन्तर्राष्ट्रिय

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ५ बर्ष जेल

ढाका – बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ५ बर्षको जेल सजायँ सुनाइएको छ। भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो। 

कडा सुरक्षा व्यवस्थाबीच विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गरेको अधिकारीहरूले जनाएका छन्। अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित ५ जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ। 

बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भने, ‘उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ।’ उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिनसक्ने पनि मन्त्री हकले बताए।

खालिदा जियासहित पाँच जनाविरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो। सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन्। 

जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफू र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाएकी छन्। 

प्रकाशित: २५ माघ २०७४ १४:१८ बिहीबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई बर्ष जेल