अन्तर्राष्ट्रिय

भारतले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने

फाइल तस्बिर

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने भएको छ।

बीबीसीका अनुसार इसरोका प्रमुख एस सोमनाथले गोप्य सूचना सङ्कलनका लागि भारतले आउने ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने बताए।

ती स्याटेलाइटलाई फरकफरक कक्षमा स्थापित गरिनेछ र हजारौं किलोमिटरको क्षेत्रमा सेनाको गतिविधि र तस्विर खिच्ने क्षमता राख्ने पनि इसरो प्रमुख सोमनाथले बताए।

उनले यस्ता स्याटेलाइट हुनु महत्त्वपूर्ण रहेको भन्दै आर्टीफिशियल इन्टेलिजेन्सद्वारा तथ्याङ्क विश्लेषणको क्षमता बढाउन यसले मद्दत गर्ने पनि उल्लेख गरे।

प्रकाशित: १३ पुस २०८० ०२:११ शुक्रबार

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरो स्याटेलाइट एस सोमनाथ गोप्य सूचना आर्टीफिशियल इन्टेलिजेन्स हजारौं किलोमिटर