अन्तर्राष्ट्रिय

बसमा आगलागी हुँदा १३ को मृत्यु

फाइल तस्बिर

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गर्दा बस क्रेनसँग ठोक्किएर सडकबाट तल खसेको थियो। बसमा ३० जना यात्रु सवार थिए। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु भएकाहरूको पहिचाका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको छ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन्। यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन्।

घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १२ पुस २०८० ०१:४३ बिहीबार

भारत मध्य प्रदेश बसमा आगलागी १३ जनाको मृत्यु आगलागी क्रेन