अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पोलियो अभियान

अफगानिस्तानमा पोलियोविरुद्धको अभियान सुरु भएको छ। अफगानिस्तान जनस्वास्थ्य मन्त्रालयका अनुसार सोमवारबाट सुरु भएको पोलियो अभियान भोलिसम्म चल्ने छ।

अभियानसँगै पाँच वर्ष मुनिका झन्डै ८८ लाख बालबालिकालाई अपाङ्ग बनाउने रोगविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

पूर्वाञ्चलमा भने खोप अभियान सात दिनसम्म चल्ने र ४२ जिल्लामा १० वर्षमुनिका बालबालिकालाई पोलियोबिरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ पुस २०८० ०४:१० बुधबार

अफगानिस्तान पोलियोविरुद्धको अभियान पोलियो जनस्वास्थ्य मन्त्रालय अपाङ्ग खोप