अन्तर्राष्ट्रिय

लिबियामा डुङ्गा दुर्घटना, ९० जनाको मृत्यु

लिबिया– लिबियामा डुङ्गा दुर्घटना हुदा कम्तीमा ९० जनाको ज्यान गएको छ। दुर्घटनामा बाच्न सफल ३ यात्रुका अनुसार डुबेर ज्यान जानेमा धेरैजसो पाकिस्तानी नागरिक रहेका छन्।

पछिल्लो समय लिबियाको बाटो प्रयोग गरेर बर्षेनी हजारौ शरणार्थी दक्षिण युरोपका विभिन्न देश पुग्ने गरेका छन्। गएको वर्ष युरोपियन युनियनले लिबियाले आफ्नो सीमा शरणार्थीको लागि खुलाएको भनेर विवाद सिर्जना भएको थियो।

बीबीसीका अनुसार युरोपका देशहरु प्रवेश गर्न पाकिस्तानी शरणार्थी लालायित देखिएका हुन्। विश्वभरबाट आउने शरणार्थीहरुमा पाकिस्तानी शरणार्थीको संख्या तेस्रो स्थानमा रहेको छ।  

गएको वर्षमात्रै समुन्द्री मार्ग प्रयोग गरेर ६ हजार ६ सय २४ शरणार्थी युरोप आएका थिए। जसमा पाकिस्तानी मात्रै पाँच हजारको संख्यामा रहेको र २४६ जनाको मृत्यु भएको ‘आइओएम’ले जनाएको छ।

प्रकाशित: १९ माघ २०७४ १२:३० शुक्रबार

लिबियामा डुङ्गा दुर्घटना ९० जनाको मृत्यु