अन्तर्राष्ट्रिय

ह्यारीको विहेबारे ट्रम्पको यस्तो धारणा, निम्तो पाएनन्

वाशिंटन डिसी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको जोडीलाई ‘मायालु’ भनेका छन्।  

ट्रम्पले आइटिभीको एक अन्तर्वार्तामा राजकुमार ह्यारी र मार्कल ‘मायालु जोडी’ जस्तो देखिएको बताएका हुन्। ‘म साँच्चै उनीहरू खुशी होउन भन्न चाहन्छु। उनीहरू मायालु जोडी जस्तो देखिन्छन्,’ ट्रम्पले भने।

राजकुमार ह्यारी र मार्कलले आगामी मे १९ मा विन्डजर क्यासलमा विहे गर्दैछन्।

विहेमा उपस्थितबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई कुनै निम्तो नआएको बताए। विहेबारे कुनै निम्तो आएको विषयमा थाहा नभएको भन्दै उनले उपस्थितीबारे स्पष्ट जवाफ दिएनन।

प्रकाशित: १५ माघ २०७४ १२:०० सोमबार

ह्यारीको विहेबारे ट्रम्पको यस्तो धारणा निम्तो पाएनन्