कम्बोडिया – अश्लील तस्बिर देखाएको अभियोगमा ५ बेलायती नागरिक सहित १० विदेशीहरू कम्बोडियामा पक्राउ परेका छन् ।उनीहरू माथि अनुसन्धान जारी रहेको बताउँदै कम्बोडिया प्रहरीले दोषी ठहर भएमा १ वर्ष जेल सजाय हुने बताएको छ ।
उनीहरूमाथि अश्लील तथा यौनजन्य गतिविधीसँग सम्बन्धीत १०० तस्बिर तथा भिडियोहरू सार्वजनिक गरेको अभियोग लागेको छ । कम्बोडियाको उत्तर पश्चिमी क्षेत्रमा पर्ने सीम रेप पर्यटकीय क्षेत्रका मानिसहरूले उनीहरूले सार्वजनिक गरेको अश्लील तस्बिर तथा भिडियोहरूको नक्कल गरेका थिए ।
पक्राउ पर्ने अन्य ५ जना न्युजिल्यान्ड,नेदरल्यान्ड तथा नर्वेका नागरिक रहेका छन् । उनीहरूलाई पक्राउ गरी कम्बोडियाले बेलायत सरकारलाई सहयोग गरेको बेलायती विदेश मन्त्रालयले बताएको छ ।
उनीहरूले अश्लील तस्बिर सार्वजनिक गर्नुका साथै यौन हिंसा झड्काउने खाले विभिन्न प्रकारको अभिनय समेत गरेको सञ्चार माध्यममा उल्लेख छ । सीम रेप कम्बोडियाको एक प्रसिद्ध पर्यटकीय स्थल हो ।
विदेशी पर्यटकहरूले कम्बोडियामा स्वदेशी संस्कृतीमा नकारात्मक प्रभाव पारेको भन्दै कम्बोडियाका मानवअधिकारवादीहरूले यस्ता गतिविधिको विरोध गरेका हुन् ।
प्रकाशित: १५ माघ २०७४ ०७:२१ सोमबार