अन्तर्राष्ट्रिय

जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्ने

बेइजिङ – जापानी विदेश मन्त्री तारो कानोले चीनको भ्रमण गर्ने भएका छन्।

उनले जनवरी २७ बाट २८ सम्म भ्रमण गर्न लागेको चीनको विदेश मन्त्रालका प्रवक्ता हुआ चुङ्यीङ्गले शुक्रबार बेइजिङमा जानकारी दिइन।

जापानी मन्त्रीले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नेछन।

यस भेटघाटका क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरिन।

प्रकाशित: १२ माघ २०७४ १५:४३ शुक्रबार

जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्ने