अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री चीनको भ्रमणमा

बेइजिङ- बेलयाती प्रधानन्त्री थेरेसा मे चीनको भ्रमणमा रहेकी छन् ।

उनले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिएका छन् ।

यस भ्रमणको क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ ।उनले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नै  छिन् ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

बेलायती प्रधानमन्त्री थेरेसाले चीनको सांघाइ र वुहानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका छन् ।प्रधानमन्त्री भएपछि थेरेसाले  पहिलो पटक चीनको भ्रमण गर्न लागेकाले भ्रमणलाई उच्च महत्व र अर्थपूर्ण रूपमा हेरिएको छ ।
 

प्रकाशित: १२ माघ २०७४ ०४:३३ शुक्रबार

बेलायती प्रधानमन्त्री चीनको भ्रमणमा