अन्तर्राष्ट्रिय

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ।

‘प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,’ एक जना स्थानीय सरकारी अधिकारीले भने।

उनले थपे, ‘आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै नौ जनाको घटनास्थलमै मृत्यु भएको छ।’

हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

प्रकाशित: ५ माघ २०७४ ०९:५६ शुक्रबार

सहकर्मीको आक्रमणमा प्रहरीको मृत्यु